प्रधानमन्त्रीले कमजोरी स्वीकारेर संसदलाई सम्बोधन गर्ने, एमालेले संसद खोल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी संसदलाई सम्बोधन गर्नेगरी शीर्ष तीन राजनीतिक दलका नेताहरुको बैठक सकिएको छ ।

सिंहदरबारमा बसेको नेपाली काँग्रेस, नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल बीचको बैठकले प्रधानमन्त्रीलाई दाहाललाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका बारेमा स्पष्ट पार्ने सहमति भएको बताइएको छ ।
प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद अवरोध नगर्ने सहमति जुटेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ३ बजेबाट शुरु हुँदैछ ।

प्रमुख तीन दलको बैठकलगत्तै अहिले नेकपा (एमाले) संसदीय दलको बैठक सुरू भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको हो। संसद् भवनमा आयोजित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे ब्रिफिङ गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?