एमाले र राप्रपाले फेरि मागे प्रधानमन्त्रीको राजीनामा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताउनु भयो । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।

गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले समेत प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभएको छ । 'प्रधानमन्त्रीमा यति नैतिकता भन्ने चिज छ भने उहाँले राजीनामा म आग्रह गर्दछु' उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?