नारा लेखमा वेवारिसे शव भेटियो

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका –५ स्थित नारा लेखमा एक जना पुरुषको वेवारिसे शव भेटिएको छ ।

शुक्रबार सोही गाउँपालिकाको नारा लेखमा अन्दाजी ५६ वयर्षीय एक जना परिचय नभएका पुरुषको वेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक भटराईका अनुसार, वेवारिसेमा भेटिएको लाशको परिचय खुलि नसकेको भए पनि स्थानीयले फेला पारेको शवकाे प्रहरीलाई जानकारी गराए लगतै सदरमुकाम सिमकोटको प्रहरी टोली घटना स्थलमा पुगेको हो । शव भेटिएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेपछि उक्त शवलाई अहिले सदरमुकाम सिमकोट ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मृतकको शव हेर्दा विदेशी नागरिक हुन सक्ने संकेत देखिएको छ । मृतक लासको पोष्ट मार्टमका लागी यतिखेर यालवाङ पुराएर अवेरसम्म सदरमुकाम पुग्ने भएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?