झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ ।

चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए ।

प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सूर्योदय वडा ५ ले पनि भुवनसिंह चेतनको बुबा नभएको फेला परेकाले आवश्यक छानबिनका लागि सीमा प्रशासनलाई आग्रह गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?