तिलोत्तमाका मेयर खाँडको पहिलो निर्णय बालबालिकालाई दिवा खाजामा १० रुपैंया थप

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्वाचित नव जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही नव निर्वाचित नगर–प्रमुख रामकृष्ण खाँडले सपथ लिनुभएको हो । नगरप्रमुख खाँडले तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रमुख जागेश्वरी देवी चौधरी लगायत वडाका सम्पूर्ण निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाउनु भयो ।

सो कार्यक्रमममा बोल्दै नगरप्रमुख खांडले सबैको सहमति सहकार्य र समन्वयमा अबको नेतृत्व अगाडी बढ्ने कुरा ब्यक्त गर्नुभयो । उहाँले अघिल्लो नेतृत्वले गरेका असल कार्यहरुको अबलम्बन गर्दै थप नयाँ कार्यको थालनी गरिने समेत बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको संचालन तथा नगरप्रमुख रामकृष्ण खाँडको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरप्रमुख खाँडले शिक्षामा दिवाखाजामा सरकारले दिएको रकममा थप १० रुपैया थप गर्ने पहिलो निर्णय गर्नुभयो ।
हाल संघीय सरकारले दिवा खाजा वापत प्रति विद्यार्थी १५ रुपैयाँ अनुदान दिंदै आएको छ । ‘संघीय सरकारले दिने दिवा खाजाको रकम अलि कम भएकाले १० रुपैयाँ नगरपालिकाको वजेटबाट थपेर २५ पु¥याउने निर्णय गरेका हौं,’ मेयर खाँणले भन्नुभयो, ‘यसले विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै पक्षलाई सहयोग गर्नेछ ।’

नगर परिसरमा ५ बिरुवाको बृक्षारोपण गर्दै शुरु गरिएको सो सपथ कार्यक्रमममा निवर्तमान नगरप्रमुख बासुदेव घिमिरे, निर्वाचन अधिकृत माधव लोहनी, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे , नेकपा माओंवादी केन्द्रका बेलप्रसाद शर्मा, शान्ति नमुना माविका कुल प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

१७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।

वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसकै कल्याण पौडेल, ४ मा एमालेका हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका रमेश डुम्रे बिजयी हुनुभएको छ ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १० मा एमालेका गेपालप्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै सहदेव थारु निर्वाचित हुनु भयो ।

वडा नं. १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका अश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुषाल र १७ मा पनि कांग्रेसकै दानबहादुर चौधरी विजयी हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?