सुदूरपश्चिममा यथास्थितिमा बजेट पारित नगर्ने सत्तारूढ तीन दलको निर्णय

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । सुदूूरपश्चिममा कांग्रेस बाहेकका तीन सत्तारूढ दलले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरेका छन् । सोमबार नागरिक उन्मुुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टीको संसदीय दलको संयुुक्त बैठकले यथास्थितिमा बजेट पारित नगर्ने निर्णय गरेका हुन् । नागरिक उन्मुुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुुसार बजेट सच्याएको अवस्थामा भने पारित गर्ने समझदारी भएको छ ।

‘प्रदेश सरकारमा सहभागी भएका र समर्थन गरेका दलहरू माओवादी केन्द्र, नागरिक उन्मुुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भएको छलफल र सुुझावलाई बेवास्ता गरी प्रदेशसभाका माननीय र जनताको भावना, प्रदेशको आवश्यकता र औचित्यविपरीत बजेट आएको छ,’ निर्णयमा भनिएको छ, ‘बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मूकदर्शक भएको अनुुभूति भएको छ ।

तसर्थ समयमै बजेट सन्तुलित बनाउन जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया प्रदेश सरकारलाई आग्रह गर्दछौँ । बजेट संशोधन र समझदारी नभएको यथाअवस्थामा बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरियो ।’

बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, प्रमुुख सचेतक मानबहादुुर धामी, नाउपा दलका नेता चौधरी, प्रमुुख सचेतक कैलाश चौधरी र नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता दीर्घबहादुुर सोडारी र प्रमुुख सचेतक प्रकाश रावलको उपस्थिति थियो ।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । शाही एकीकृत समाजवादीबाट मन्त्री हुनुभएको हो ।

बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै होइन, सत्तारूढ गठबन्धनभित्रै असन्तुष्टि देखिएको हो । बजेटप्रति सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसदहरूले पनि विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?