नेपालको वरीयता खस्कियो              

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरीयतामा नेपालको एक स्थान खस्किएको छ ।

आइसिसीले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किँदै १५औँ स्थाानमा पुगेको छ । नेपाल अघि नेदरल्याण्ड्स छ ।

विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको नेदरल्याण्ड्स १४औँ स्थानमा छ ।

नामिबिया १६ औँ, अमेरिका १७ औँ, ओमान १८औँ र युएई १९औँ स्थानमा छ । ओडिआई मान्यता गुमेको पपुवा न्युगिनी वरीयताबाट पनि हटेको छ ।

नेपालअघि नेदरल्याण्ड्स १४ औँ, आयरल्याण्ड १३औँ, स्कटल्याण्ड १२औँ, जिम्बाबे ११औँ र वेस्टइण्डिज १०औँ स्थानमा छन् । अष्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् । जिम्बाबेमा यसै साता सम्पन्न आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्ये चार खेलमा पराजित भएपछि वरीयता घट्न पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?