‘पापी मान्छे-३’ बनाउँदै राजकुमार राई, सिनेमाको मुख्य पात्र चिम्पान्जी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले ‘पापी मान्छे-३’ निर्माणको घोषणा गर्नुभएको हो । ‘पापी मान्छे-३’मार्फत राजकुमार ६ वर्षपछि चलचित्र निर्माणमा फर्किन लाग्नुभएको छ । उहाँले ६ वर्षअगाडि ‘वान वे’ निर्माण गर्नुभएको थियो ।

‘हाम्रो सिनेमाको मुख्य पात्र चिम्पान्जी हो’, निर्माता राजकुमार राईले भन्नुभयो । चलचित्रलाई जनकदीप पराजुलीले निर्देशन गर्दै हुनुहुन्छ ।

उहाँले एक दशकभन्दा लामो समयपछि निर्देशन गर्न लाग्नुभएको हो । उहाँका अनुसार एनिमल राइट्सका कारण कुनै पनि जनावरलाई सिनेमामा खेलाउन पाइँदैन । ‘एनिमल राइट्सका कारण चिम्पान्जीलाई खेलाउन नपाएपछि हामी चिम्पान्जीका लागि भिएफएक्सको प्रयोग गर्नेछौं’, जनकदीपले भन्नुभयो, ‘यसका लागि हामी नेपालभित्र र बाहिरका भीएफएक्सको काम गर्ने कम्पनीसँग छलफल गरिरहेका छौं ।’

नेपालबाहिरका कलाकार पनि चलचित्रमा रहने उहाँले जानकारी दिनुभयाे । यो वर्ष छायांकन हुने चलचित्र अर्को वर्ष रिलिज हुने निर्देशक पराजुलीले बताउनुभयो । चलचित्रमा को-को कलाकार रहनेछन् त्यो भने उहाँले खुलाउन चाहनुभएन । सिनेमाको स्क्रिप्ट लेखन कार्य भइरहेको उहाँको भनाइ छ । टेक्निकल सिनेमा भएकाले लेखनमा केही समय लाग्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?