आफ्नो हवाई क्षेत्रमा अमेरिकी विमान प्रवेश गरेमा कारबाही गर्ने चेतावनी

हिमालय टाइम्स
Read Time = 4 mins

प्योङयाङ । उत्तर कोरियाले आफ्नो आर्थिक क्षेत्रमाथि संयुक्त राज्य अमेरिकाले आठ पटक गैरकानुनी रूपमा उडान गरेको आरोप लगाउँदै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उहाँकी बहिनी एवं सत्तारुढ दलकी एक प्रमुख अधिकारी किम यो जोङले एक प्रेस विज्ञप्तिमार्फत अमेरिकालाई त्यस्तो चेतावनी दिएको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।

उत्तर कोरियाको सार्वभौमसत्तामाथिको अतिक्रमणलाई प्रतिकार गर्ने उनको चेतावनीप्रति टिप्पणी गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय कानुनअनुसार सुरक्षित एवं जिम्मेवारीपूर्वक उडान भर्दै आएको स्पष्ट गरेको छ । अमेरिकी वायुसेनाको रणनीतिक जासुसी विमान कोरियाको पूर्वी सागरमा रहेको आर्थिक जल क्षेत्रमा गैरकानुनी रूपमा घुसपैठ गरेको आरोप प्योङयाङले लगाएको छ । अमेरिकी वायुसेनाको एउटा विमानले ५ः१५ देखि १३ः१० सम्म हवाई जासुसी गरेको ओरोप प्योङयाङको छ ।

अमेरिकी रक्षा मन्त्रालयका सहायक प्रेस अधिकृत सब्रिना सिंहले अन्तर्राष्ट्रिय कानुन अनुसार आफ्ना साझेदार मुलुक र मित्रहरूका जल र वायु क्षेत्रमा जहाँसुकै सञ्चान गर्नसक्ने बताउँदै कोरियाली आरोपलाई अस्वीकार गर्नुभएको छ ।

लामो दूरीको क्षेप्यास्त्र परीक्षण

यसैबीच उत्तर कोरियाले लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा छ । दुईपक्षीय कूटनीति अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवं आणविकलगायत हतियार विकासका लागि आहृवान गर्नुभएको छ ।

नेता किमको आह्वानको जवाफमा सोल र वासिंघटनले सुरक्षा सहयोगलाई बढाएका छन् । यदि प्योङयाङले अमेरिका र उसका सहयोगीविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ ।

दक्षिण कोरियाको सेनाले बुधबार बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ । ‘ब्यालेस्टिक क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नु अघि एक हजार किलोमिटर उडेको थियो’,’ कोरियाका संयुक्त सेना प्रमुखले भन्नुभएको छ ।

परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ । संयुक्त राष्ट्र संघले निषेध गरेका गतिविधि उत्तरले गरेकामा त्यसको उहाँले निन्दा गर्नुभएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?