नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजनीतिक जीवनबाट टाढा हुने घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

द हेग । नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले अर्को निर्वाचनपछि राजनीतिबाट संन्यास लिने घोषणा गर्नुभएको छ । ‘मैले आगामी चुनावमा पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी) का लागि नेताको रूपमा उपलब्ध नहुने निर्णय गरेको छु’, रुटले डच संसदलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।

गत साताको अन्त्यमा उहाँको सरकार ढलेपछि रुटले आफूसँग अझै पनि ‘ऊर्जा र विचार’ रहेको बताउनुभएको थियो । सोमबार उहाँले पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी (भिभीडी) को नेताको रूपमा आफ्नो १७ वर्षको कार्यकाल अन्त्य गर्ने निर्णय गर्नुभएको हो ।

सन् २०१० देखि चारवटा गठबन्धन सरकारको नेतृत्व गरिसकेका रूटले आप्रवासन नीतिका कारण गठबन्धन भत्किएपछि आगामी नोभेम्बरमा हुने निर्वाचनपछि आफू पदबाट हट्ने बताउनुभएको हो । ‘म केही व्यक्तिगत कुरा भन्न चाहन्छु । मलाई कुन कुराले उत्प्रेरित गर्छ भन्ने बारेमा पछिल्ला केही दिनयता अड्कलबाजी भइरहेको छ । यसको एउटैमात्र जवाफ नेदरल्यान्ड्स हो’, रूटले संसद्मा भन्नुभयो । ‘हिजो बिहान अब मध्य-दक्षिणपन्थी पार्टी भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य छैन भन्ने मैले निर्णय गरेँ । निर्वाचनपछि नयाँ सरकारले शपथ लिएपछि म राजनीति छोड्नेछु ।’

हंगेरीका भिक्टर ओर्बानपछि युरोपको दोस्रो लामो समयसम्म सत्तामा रहेका रुटले भीभीडीको लागि सूचीको नयाँ प्रमुख हुन योग्य नभएको कुरा आफ्नो व्यक्तिगत मूल्यांकन भएको बताउनुभएको छ । रुट्टेले एक पत्रकार सम्मेलनमा आफूसँग पाँचौं कार्यकालका लागि उम्मेदवारी दिने ‘ऊर्जा’ रहेको बताउनुभएको थियो । साथै, उहाँले यस विषयमा आफूले सोच्ने बताउनुभएको थियो । सोमबार भने उहाँले एक्कासि राजनीतिबाट अलग रहने आश्चर्यजनक निर्णय सुनाउनुभएको हो ।

सन् २०१० देखि नेदरल्याण्ड्सको नेतृत्व गर्दै आएका रुट देशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएको छ । सत्तामा उहाँको १३ वर्षको कार्यकालले राजनीतिक संकटको माध्यमबाट सत्तामा उनको क्षमताको लागि उहाँलाई ‘टेफ्लोन मार्क’ उपनाम दिएको छ । बाल हेरचाह अनुदानमा घोटाला भएको एक काण्डका कारण सन् २०२१ जनवरीमा उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । दुई महिनापछि मात्र सत्तामा फर्कनको लागी उहाँको भीभीडी पार्टीले निर्वाचनमा प्रथम भएपछि छोटो समयमै उहाँ सत्तामा फर्किनुभएको थियो ।

नयाँ शरणार्थी नीतिमा सत्तारुढ दलबीच सहमति हुन नसकेपछि शुक्रबार साँझ उहाँको गठबन्धन सरकार ढलेको हो । रुटको भीभीडी पार्टीले युद्ध क्षेत्रबाट भागेर आएका शरणार्थीहरूका लागि पारिवारिक पुनर्मिलनलाई सीमित गर्न चाहेको थियो तर चार दलीय गठबन्धनको सबैभन्दा सानो सदस्य क्रिस्टेनयुनीको क्रिष्टियन डेमोक्रेटिक पार्टी र मध्य वामपन्थी डेमोक्रेसी-६६ ले उहाँको धारणालाई समर्थन नगरेपछि गठबन्धन भाँडिएको हो । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?