प्रधानमन्त्री दाहाल र सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ।
शुक्रबार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो।

लुले प्रधानमन्त्री निवास बालुवाटारमा गएर पत्नी शोकमा रहनुभएका प्रचण्ड र उहाँका परिवारलाई भेटेर समवेदना समेत प्रकट गर्नुभएको छ । उहाँले सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै दाहालको तस्वीरमा माल्यार्पण पनि गर्नुभयो ।

उहा्ँहरूबीच एमसीसीका विषयमा छलफल भएको थियो। मन्त्री लुले एमसीसी कार्यान्वयनको प्रगतिबारे प्रधानमन्त्री दाहालसँग चासो राख्नुभएको थियो। जवाफमा प्रधानमन्त्री दाहालले एमसीसी छिट्टै पूर्ण कार्यान्वयनमा जाने बताउनु भएको थियो।

एक दिने भ्रमणका लागि काठमाडौं आउनु भएको लुले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?