हमाल अभिनित ‘सत्यम’को शीर्ष गीत सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । घोषणा भएर समयमै छायांकनमा जान नसकेको चलचित्र सत्यम निर्माण टिमले आफ्नो चलचित्रको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गर्नुभएको हो । भिडियोमा महानायक राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरू कुनै पनि कलाकारलाई देखाइएको छैन ।

चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह एक घटनामा मुछिएपछि यो टिम छायांकनमा जान सकेको छैन । निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिनुभयो । उहाले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफूपछि नहटेको समेत स्पष्ट पार्नुभयो ।

हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनै पनि कन्टेन्ट दिन सकेनौ भन्ने महसुस भयो, सोही कारण यसको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं, निर्माता सापकोटाले भन्नुभयो, ‘चलचित्रका लागि दर्शकको पर्खाइ अरू थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’

निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउनेसमेत बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘प्रि-प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरू सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’

प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा महानायक राजेश हमाल, पल शाह, अनुपविक्रम शाही, उपाशना सिंह ठकुरीलगायत कलाकारको अभिनय रहने यसअघि नै जानकारी सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?