युनिकालाई एसइई डान्स च्याम्पियनको उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ‘एसइई डान्स च्याम्पियनसिप-२०८०’ उपाधि युनिका खतिवडाले चुम्नुभएको छ । आफ्ना २६ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

उपाधिसँगै उहाँले पुरस्कार स्वरूप एक लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनका लागि छात्रवृत्ति पनि प्राप्त गर्नुभएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंको जमलस्थित नाचघरमा भएको हो । सो कार्यक्रममा विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले अवार्ड प्रदान गर्नुभएको थियो ।

सो प्रतिस्पर्धामा धरती विष्ट मगरले फष्ट रनरअपको उपाधिसँगै ५० हजार नगद, ट्रफी र प्लस टुको छात्रवृत्ति प्राप्त गर्नुभयो भने समीक्षा कार्कीले सेकेण्ड रनरअपको उपाधिसहित ट्रफी ३० हजार रुपैयाँ र प्लस टुको छात्रवृत्ति प्राप्त गर्नुभएको छ । सो प्रतिस्पर्धामा योङजुम शेर्पाले भ्युअर्स च्वाइस अवार्डसहित छात्रवृत्ति, सहिष्मा खड्काले नृत्यमा अनुसासन अवार्डसहित छात्रवृत्ति, लाजीव शाही ठकुरीले उत्कृष्ट नृत्य कला अवार्डसहित छात्रवृत्ति र प्रशान्ति अधिकारी उत्कृष्ट स्टेज प्रस्तुति विजेता बन्न सफल हुनुभएको छ ।

फाईलनमा पुगेर प्लस टुको छात्रवृत्ति पाउनेहरूमा जेसिका राज्यलक्ष्मी ठकुरी, कृति थापा, पवित्रा पूर्वाछाने, प्रदीप लामा, प्रसान्ति अधिकारी, रौनक सिंह, रोशनी अधिकारी, रुमिका राई, आस्विन गुरुङ, आशा राई, अनुषा महत, विनिता कुमाल, इल्जिसा कार्की, हस्तकुमारी जोशी, सहिस्मा खड्का, सन्तोषी तामाङ, श्रेली लिम्बू, शृंगार श्रेष्ठ, सोनियाँ खत्री, स्वीकृत योगी, योङजुम शेर्पा, सुरज लुवागम, र कमला मिश्रा रहनुभएको छ । सातवटै प्रदेशबाट अडिशन लिएर विभिन्न चरणको चयनपछि उनीहरू फाइनलमा पुगेका थिए ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई अनुसासनसहित नृत्य कलामा अघि बढ्न प्रेरणा दिने र अध्ययनमा सघाउने बताउनुभयो ।

संस्कृति राज्यमन्त्री ठकुरीले प्रतियोगीको नृत्यको पशंसा गर्दै आयोजकले प्रतिभालाई माथि उठाउने निकै राम्रो कार्यक्रम गरेको भन्दै विजेतालाई बधाई तथा शुभकामना दिनुभयो । हिसानको संयोजकत्वमा आफूहरूले फाइनलमा पुगेका सबैलाई प्लस टुका लागिग छात्रवृत्तिको व्यवस्था गरेको आयोजक बज्रायोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका अध्यक्ष महेश गोदारले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?