सुव्रतको टक सो ‘केही मीठो बात गरौं’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पत्रकार एवं निर्देशक सुव्रतराज आचार्यको प्रिमियम ‘टक सो ‘केही मीठो बात गरौं’ को पहिलो सिजन प्रसारण हुनेभएको छ । ओएसआर डिजिटलको युट्युब प्लेटफार्म ओएसआर रियालिटीमार्फत भदौ महिनादेखि हरेक हप्ता यो सो प्रसारण हुने भएको हो ।

२६ शृंख्ला प्रसारण हुने पहिलो सिजनमा अभिनेता सरोज खनाल, गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गायक आनन्द कार्की, साहित्यकार नयनराज पाण्डे, डा.दिलजान मंसुर, अभिनेतृ रिमा विश्वकर्मा, अभिनेता आकाश श्रेष्ठ, मोडल गरिमा शर्मालगायत सँगको कुराकानी प्रस्तुत गरिने जनाइएको छ । पत्रकारिताको लामो यात्रा तय गर्नुभएका सुव्रतले चलचित्र ‘अर्घकट्टीबाट’ फिल्म क्षेत्रमा डेब्यू गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?