नेता निधिलाई राजस्थानमा अभिनन्दन

हिमालय टाइम्स
Read Time = 2 mins

राजस्थान । भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ । विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिलाई अभिनन्दन गरिएको हो ।

सो विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरूसंग भेटेर शैक्षिक अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम केन्द्रबाट सम्बन्धन समेत पाएको छ । नेता निधिले यस्तो सम्बन्धले नेपाल भारत सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्रा.करुणेश सक्सेना, रजिष्टार प्रा.राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिंग डाइरेक्टर डा. एस एन मोदानीले नेता निधिको स्वागत गर्नुभएको थियो । त्यस अवसरमा डा. मोदानीले संगम विश्वविद्यालयले २० बर्षमा गरेका शैक्षिक उपलब्धीबारे जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?