पहिरोका कारण हुर्लुङ-जालपा सडक अवरुद्ध

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । माथिबाट सडकमा पहिरो झरेर ढुंगा थुप्रिदा खोटाङको हुर्लुङ-जालपा सडकखण्ड अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित कोरे सामुदायिक वन-जालपा ढुंगा जौबारी-माशनिबार दिउँसो झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

ठुलाठुला ढुंगा थुप्रिएर सडक अवरुद्ध भएपछि दुई पाङग्रे र तीनपाङग्रे सवारी चालकहरुले दुःखले मोटरसाइकल र अटो आवतजावत हुने सडक बनाएको जालपाका वडाध्यक्ष दानबहादुर राईले जानकारी दिनुभयो । गाडी तथा एम्बुलेन्स वारपार गर्ने बाटो छैन ।

आपत्‌कालिन यात्रा गरिरहेका यात्रुलाई मोटरसाइकल र अटोबाट वारपार गराईरहेको छ ।

यो सडकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा, रावाबेंशी गाउँपालिकाको हौचुर, कुभिण्डेसहित केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका नागरिकले सेवा लिदै आएका छन् । तर, सडक बन्द भएपछि बैकल्पिक सडकहरु हौचुर-कुभिण्डे-नुन थला निस्कने र जालपा छिप्ती निस्कने सडक भरपर्दो नहुँदा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्लाको उत्तरी पालिका जोड्ने हुर्लुङ-जालपा सडकमा रौता सुसन आदित्य जेभीले ग्राभेलको काम गरिरहेको छ । बर्खा लागेसँगै निर्माण कम्पनीले करीव १५ दिन अघिबाट काम बन्द गरेको थियो । कोशी प्रदेश पुर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा २४ महिनामा पुरा गर्नेगरी २०७८ सालभदौ ३१ गते सडक ग्राभेल गर्ने सम्झौता भएको थियो ।

पहिरोले अवरुद्ध भएको सडक तत्काल खुलाउन ठेकेदारलाई भनेपछि आज (आइतबार) ठेकेदार आउने र सडक खुलाउने सल्लाह भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो । मेयर भट्टराईका अनुसार ठेकेदार आएर पनि केही कारण सडक खुलाउनमा समस्या भएमा नगरकै जेसिभि पनि पठाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?