दूतावासको सहयोगमा भोजपुरको शारदा माविलाई बस

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माध्यामिक विद्यालयलाई भारतीय दूतावासले बस उपलब्ध गराएको छ । टाढाको दुरीबाट आउने बिद्यार्थीहरुको सहजताका लागि विद्यालयले बस पाएको छ ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डाक्टर लोचन कार्कीको पहलमा शारदा माध्यामिक विद्यालय प्याउलीले स्कुल बस पाएको हो । भारतीय दुतावासको सहयोगमा प्याउलीमा रहेको विद्यालयले बस प्राप्त गरेको छ । डा.कार्कीको पहलमा यस अघि पनि प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले एम्वुलेन्स समेत पाएको थियो ।

बस बुझनका लागि बिद्यालयको तर्फबाट गुणराज खनाल र मनोज राईलाई काठमाण्डौ पठाइएको बिद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहले बताउनुभयो । २००९ सालमा स्थापना भएको बिद्यालयलाई नमुना विद्यालय बनाउने उद्धेश्यका साथमा शैक्षिक गतिबिधी हुदै आई रहेको बिद्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार सहित पुस्तकालयको समेत ब्यवस्थापन बिद्यालयमा भएको छ । विद्यालयमा अध्ययरत पूर्व विद्यार्थीहरुको संस्था पूर्व बिद्यार्थी समाजले बिद्यालयमा इलर्निङ सेन्टरको समेत निर्माण गरि दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?