सामाजिक कार्यको माध्यमबाट नेपाली सेना र सर्वसाधारण बिचको सम्बन्ध प्रगाढ बन्दै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 5 mins

इलाम । विपद् पर्दा र अन्य समयमा पनि नजिकको सहयोगी निकाए हो भन्ने सन्देश प्रवाह हुँदै आइरहेको नेपाली सेना अहिले सामाजिक कार्यमा पनि उतिकै सक्रिय बन्दै गएको छ ।

इलाममा रहेको रणशार्दूल गणले माइखोलामा रहेको बृद्ध आश्रममा सहयोग गरेको छ जस्ले गर्दा साहारा बिहिन बृद्धबबृद्धालाई दुखमा मलमपट्टी भएको छ । नेपालमा सशस्त्र द्धन्दको समयमा नेपाली सेना देख्ने र भन्ने बित्तिकै सर्वसाधारण आम नागरिकहरू झसङ्ग हुने गर्दर्थे ।

तत्कालीन समयमा सहर भन्दा ग्रामीण बस्तीहरूमा नेपाली सेनाको पेट्रोलियम गल्ती चलेको समयमा सेना देख्ने बित्तिकै आम नागरिक तर्सिर्ने गर्थे सेनासँगको सम्बन्ध टाढाको थियो तर पछिल्लो समयमा नेपाली सेनाले गर्दै आइरहेका विभिन्न सामाजिक कार्यले गर्दा नेपाली सेना र सर्वसाधारण बिचको सम्बन्ध नजिकको बन्दै गइरहेको पाइन्छ । इलामको रणशार्दूल गणले सोमबार माइलखोलामा रहेको माई भगबती बृद्ध आश्रममा सहयोग गरेको छ । आश्रममा रहेका १४ जना बृद्धबबृद्धालाई दुखमा मलमपट्टी गर्ने उदेश्यले १६ थान दराज सहयोग गरेको रणशार्दूल गण इलामका गणपती शुनील सुबेदीले बताउनुभयो ।

सङ्कटकालको समयमा सेनाको गस्ती भइरहन्थ्यो आज यो बस्तीमा सेना आउदैछन भन्ने थाहा पाउने बित्तिकै गाउँमा रहेका सबैको भागाभाग हुन्थ्यो, सबैको मनमा सेनाबाट डराउनुपर्ने मानसिकता थियो तर द्धन्द समाप्त सँगै अहिले त्यो सबै हराएको छ , नेपाली सेना त हाम्रै छोरा भाईभतिजा रहेछन् हाम्रो सुरक्षाको लागि रहेछ भन्ने बल्ल थाहा पाएको बृद्धआश्रममा रहनुभएकी खिना देबी घिमिरेको भनाई छ ।
पछिल्लो समयमा नेपाली सेनाले बिपतको समयमा गरेका मानवीय तथा सामाजिक कार्यले गर्दा हाम्रो देशमा साँच्चै सेना आवश्यक रहेछ भन्ने भान गराउदै गएको इलाम नगरपालिकाकी उपप्रमुख एबम् माई भगबती बृद्ध आश्रमका सस्थापक बिष्णु दाहालले बताउनुभयो । उहाँले बृद्धआश्रममा सहयोग गर्ने नेपाली सेनालाई धन्यबाद दिदै बृद्धआश्रम धेरै दुखका साथ स्थापना गरेर अहिले यो अवस्थामा ल्याउन सफल बनेको बताउनुभएको छ ।

पछिल्लो समयमा नेपाली सेनाले नेपालका ठुलठुला सडक आयोजना निमार्ण देखि सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका कारण पनि नागरिक र सेना बिचको सम्बन्ध नजिकको बन्दै गएको छ ।

नेपाली सेना विगत भन्दा बर्तमानमा परिमार्जित रूपमा आम नागरिक सँगको सम्बन्ध प्रगाढ बनाउनका साथै सामाजिक कार्यमा पनि सहभागिता जनाउने गरेकोले पनि समाजमा नेपाली सेनाको महत्ब बढ्दै गएको हो । नेपाली सेनाले गर्दै आइरहेको सामाजिक कार्य प्रशासनीय रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताउनुभयो ।

सामाजिक कार्यले जनता र सेना बिचको भावना, सम्बन्ध प्रगाढ हुन सहयोग पुग्नुका साथै जिल्लाको खेलकुद, पर्यटन, विकासमा सहयोग पुग्नुका साथै आपत् विपद् पर्दा र अन्य समयमा पनि नजिकको सहयोगी निकाएहो भन्ने सन्देश प्रवाह भइरहेको छ । यसले गर्दा एकातिर सैन्य जनशक्ति निष्क्रिय बस्नु नपर्ने र विकास आयोजना र सामाजिक कार्यले देश र जनतालाई ठूलो फाइदा पुग्नुका साथै नेपाली सेना र जनता बिचको सम्बन्ध प्रगाढ हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?