राजविराजमा मिटरब्याज पीडितको खुशियाली जुलुस

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । मिटर ब्याज सम्बन्धी प्रतिस्थापन विधेयक २०८० पारित भएको खुशियालीमा मिटर ब्याज पिडितले राजविराजमा सोमबार विजय जुलुस प्रदर्शन गरेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले विधेयकको समर्थनमा विभिन्न नारा लगाउँदै विजय -याली निकालेका हुन् ।

स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको -याली नगरको विभिन्न स्थान परिक्रमा गरे । मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीका अध्यक्ष तैयव अलिको नेतृत्वमा निकालिएको विजय र्यालीमा गाउँगाउँबाट सदरमुकाम आएका पीडितहरू सहभागी थिए ।

नेपाल सरकार जिन्दाबाद, मिटरब्याजी पीडित संघर्ष समिति जिन्दावाद लगायतका नारा लगाउदै अबिर लगाएर झाँकीसहित पीडितहरूले ¥याली निकालेका छन् ।

संघर्ष समिति सप्तरीका अध्यक्ष अलिले सरकारले मिटर व्याज पीडितको समस्या सम्बोधनका लागी विधेयक ल्याएको खुशियालीमा विजय ¥याली निकालिएको बताउनु भयो । उहाँले विधेयक पारित भएकाले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

संघर्ष समितिका केन्द्रिय प्रतिनिधि छेदी पासवानले मिटरब्याजी पीडितको समस्याप्रति प्रचण्ड नेतृत्वको सरकार गम्भीर देखिएको बताउनु यभो । वर्तमान सरकारले पीडितको पक्षमा एकपछि अर्को असल कदम उठाएको भन्दै उहाँले बल्ल गरिब विपन्नहरूमा सरकारको महसुस हुन थालेको बताउनु भयो ।

मिटर व्याज पीडित ललिता साहले विधेयक आएसँगै लाखौं पीडितहरूले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधेयक अविलम्ब कार्यान्वयन गर्दै पिडक माथि कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?