कार्लोसलाई विम्बल्डनको उपाधि

Read Time = 2 mins

पेरिस । स्पेनका युवा टेनिस स्टार कार्लोस अल्काराजले करिअरमा पहिलोपटक विम्बल्डनको उपाधि जित्नुभएको छ । साबिक विजेता नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै विश्व नम्बर १ अल्काराजले दोस्रो ग्राण्डस्लाम जित्नुभएको हो ।

२० वर्षीय अल्काराजले फाइनलमा पाँचौँ सेटमा जित हात पार्नुभएको थियो । अल्काराजको जितसँगै जोकोभिचको आठौँपटक विम्बल्डन जित्ने सपना पूरा हुन सकेन ।

पहिलो सेट ६-१ ले गुमाउनुभएका अल्काराजले दोस्रो सेटमा ७-६ (८-६) को जित निकाल्नुभयो । तेस्रो सेटमा ६-१ को जित निस्किँदा चौथो सेटमा जोकोभिच ६-३ ले र पाँचौँ सेटमा अल्काराज ६-४ ले विजयी बन्नुभयो । अल्काराजले यस जितसँगै आफ्नो शीर्ष वरीयता पनि कायम राख्नुभएको छ । मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जित्नुभयो । वरीयताविहीन खेलाडी मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरीयताबिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बन्नुभएको हो ।

चोटका कारण पछिल्लो सिजन ६ महिना कोर्टबाहिर रहनुभएकी २४ वर्षकी वोन्ड्रोसोवा विश्वको ४२औँ स्थानमा हुनुहुन्छ । चेक खेलाडीले सन् २०२२ की उपविजेता जावेउरलाई ६-४ र ६-४ ले हराउँदै महिला सिंगलमा उपाधि जित्नुभएको हो । छैटौँ वरीयताकी २८ वर्षकी जाबेउरले तीनवटा मुख्य प्रतियोगिताको फाइनल गुमाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?