अख्तियारद्वारा गत आर्थिक वर्षमा सम्पादन भएका प्रमुख कार्यहरूको तथ्याङ्क विवरण प्रस्तुत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको प्रारम्भिक तथ्याङ्क समेटिएको संक्षिप्‍त विवरण प्रस्तुत गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट सम्पादन भएका प्रमुख कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेको हो ।

आयोगले गत आर्थिक वर्षमा उजुरी र फर्छ्यौटसम्वन्धी बिभिन्न माध्यमबाट प्राप्त २० हजार ३ सय ६८ तथा अघिल्लो आर्थिक वर्ष
२०७८–७९ वाट जिम्मेवारी सरेर आएका ७,१६२ समेत कुल २७ हजार ५८० उजुरीहरु मध्ये १८,२४५ उजुरी फर्छ्यौट भएको जनाएको छ ।

आरोपपत्र दायरसम्बन्धी आयोगले आर्थिक वर्ष २०७९/८० मा १६२ मुद्दा विशेष अदालतमा दायर गरिएको जनाएको छ । यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयोगवाट सम्मानित विशेष अदालतमा कुल १३१ वटा मुद्दाहरू दर्ता भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा आयोगले आर्थिक वर्ष २०७९/८० मा आयोगका जम्मा ७८ वटा बैठकबाट १२४६ वटा निर्णयहरु भएको उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा दायर भएका १६२ वटा मुद्दामा प्रतिवादीको संख्या ७६० रहेको छ, जसमध्ये विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी १ जना, अन्य राष्ट्रसेवक कर्मचारी ३५५ जना, बिचौलियारमतियार लगायत अन्य १७८ जना रहेका छन् भने निर्वाचितरमनोनित पदाधिकारीहरु जम्मा २२६ जना रहेको आयोगले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल रंगेहात कारबाहीको संख्या ३७ रहेकोमा रंगेहात कारबाहीमा परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ४० जना रहेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, ६ जना बिचौलियारमतियार र ८ जना निर्वाचितरमनोनित पदाधिकारी रहेको आयोगले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सम्मानित विशेष अदालतवाट ३४१ वटा फैसला प्राप्त भएकोमा आंशिक ठहर र सफाई पाएका मुद्दामध्ये २३७ वटा मुद्दामा आयोगले पुनरावेदन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यसरी आयोगले कुल ५७ वटा मुद्दाहरूमा पुनरावेदन गरेको थियो

हेर्नुहोस् आयोगद्वारा जारी विज्ञप्ति

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?