यस्तो छ तपाईंको साउन ३ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन ३ गते बुधबार, ई.सं. १९ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष द्वितीया, नक्षत्र- तिष्य, ७ः२१ बजेपछि अश्लेषा, योग- वज्र, करण- वालव, चन्द्रराशि-कर्कट, सूर्योदय ५ः२१, सूर्यास्तः १८ः५८ ।

मेष : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

वृष : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मिथुन : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

कर्कट : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

सिंह : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कन्या : सरकारी कडिकडाउको शिकार भइनेछ ।

तुला : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

वृश्चिक : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

धनु : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मकर : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागि हुने समय छ ।

कुम्भ : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मीन : अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?