करेन्ट लागेर दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटको बौधीमाई नगरपालिका-५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राति दुई जना युवाको मृत्यु भएको छ ।

करेन्ट लागि घाइते भएका उनीहरूको उपचारका क्रममा सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कोपवाटोलका ३० वर्षीय अरुणकुमार साह र २८ वर्षीय पण्डित कुम्हालको धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कोपवाले जानकारी दिएको छ । मृतक अरुणको किराना र पण्डितको पान पसल छ ।

अरुणको घरको धारामा जडान भएको विद्युतीय मोटरमा पानी थाप्न गएका बेला अचानक करेन्ट प्रवाह भएको हो । दुवै जना धारामा पानी थाप्न लाग्दा करेन्ट लागेर घाइते भएको इलाका प्रहरीका सई परमानन्द यादवले बताउनुभयो ।

‘घटना लगत्तै सख्त घाइते भएका दुवै जनालाई स्थानीय क्लिनिकमा उपचार गराइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?