फिफा महिला विश्वकप फुटबल आजबाट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।

यस्तै आजै समूह ‘बी’ मा रहेको अर्को आयोजक राष्ट्र अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच पनि प्रतिस्पर्धा हुने छ । यो खेल नेपाली समयअनुसार राति ८ बजे स्टेडियम अष्ट्रेलियामा हुनेछ ।

फिफा महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता आगामी २० अगस्टसम्म चल्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?