अवैध सुन प्रकरणमा मेरा संलग्नता पुष्टि भए कानूनबमोजिम सजाय भोग्न तयार छु : दीपक मल्होत्रा

'गिरोह जोगाउन मेरो नाम जोडियो'

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि व्यवसायी दीपक मल्होत्राले एक क्वीन्टल सुनमा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिनुभएको छ ।

त्रिभुवन विमानस्थलबाट भित्रिएको एक क्वीन्टल सुनमा आफ्नो संलग्नता नरहेको पत्रकार सम्मेलन मार्फत प्रष्टीकरण दिनुभएको हो ।

बुधबार हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएर सिनामंगलबाट पक्राउ परेको प्रकरणमा नाम जोेडिएपछि मल्होत्राले पत्रकार सम्मेलन गर्नुभएको थियो ।

व्यवसायी मल्होत्राले दरवारमार्गस्थित होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन गर्दै आफूले सञ्चारमाध्यमलाई पछिल्लो समय विज्ञापन दिन नसकेकाले पनि गलत समाचार लेखिएको हुन सक्ने आरोप समेत लगाउनु भयो ।

समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै उहाँले कल्पना गरेर आफ्नो नाम मुछिएको उहाँले गुनासो गर्नुभयो । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरेको उहाँले बताउनु भयो ।

२०५५/५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताउनु भयो। अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उहाँको भनाइ थियो । उहाँले सामान ल्याउने गिरोहलाई बचाउन बचाउन आफूप्रति यस्तो आरोप लगाएको हुनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘जुन गिरोहले यो सामान ल्याएको छ, उनीहरुलाई बचाउन मप्रति लक्षित गरिएको भन्ने बुझेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?