इजरायल जाने साम्बाको बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युरोपेली लिग फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)लाई बिदाइ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच उहाँलाई बिदाइ गरेको हो ।

साम्बा इजरायलको हापोएल रानानामा क्लबमा अनुबन्धित हुनुभएको छ । उहाँ युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हानन गोदारले पनि साम्बालाई बिदाइ गर्नुभएको थियो । बिदाइपछि प्रतिक्रिया दिँदै उहाँले इजरायली क्लबमा नेपाली खेलाडी जानु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । यसले दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले सम्मानका लागि मन्त्रालय, राजदूत र एन्फा परिवारलाई धन्यवाद दिँदै फुटबलमार्फत् दुवै देशको सम्बन्ध विकास गर्न योगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले युरोपेली लिगमा खेल्नु चुनौतीले भरिएको बताउँदै आफू त्यसका लागि तयार भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्रालाई शुभकामना दिँदै आफ्नो खेल कौशलमार्फत् राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाई दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?