दुग्ध पदार्थको अवैध आयात रोक्न माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले दुग्ध तथा दुग्धजन्य पदार्थको चोरी पैठारी रोक्न माग गर्दै भैरहवा भन्सार कार्यालयको ध्यानाकर्षण गराएको छ । छिमेकी मुलुक भारतबाट विदेशी ब्राण्डका दूध तथा दुग्ध पदार्थ अवैधरूपमा निरन्तर पैठारी भइरहेको र समयमै दूध तथा दुग्ध पदार्थको चोरी पैठारीलाई रोक्न नसकिए देशभित्र रहेका हजारौं डेरी उद्योग बन्द भई राज्यको ठूलो लगानी डुब्ने एसोसिएसन जनाएको छ ।

एसोसिएसनका अनुसार उद्योग बन्द भएपछि उद्योगमा रोजगार गर्ने लाखौं युवा बेरोजगार हुने अवस्था रहनेछ । गाउँ-गाउँबाट दूध उत्पादन व्यवसायलाई आफ्नो प्रमुख पेशा बनाई स्वदेशमै रोजगारको अवसर प्राप्त गरेर लाखौं कृषकहरू अर्बाैं रुपैयाँ गुमाई दुग्ध उत्पादन व्यवसायबाट पलायन हुने अवस्था रहनेछ । त्यस्तो भयावह अवस्थाबाट राज्यलाई बचाउन विदेशबाट आइरहेका सम्पूर्ण दूध तथा दुग्ध पदार्थलाई प्रक्रिया मिलाई पैठारी पूर्णरूपमा बन्द गर्ने व्यवस्था मिलाउन माग गर्दै एसोसिएसनले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

देशको भौगोलिक बनावट र नश्लका कारण दूध उत्पादन सुक्खा र फल्स सिजनमा वर्गीकृत रहेको छ । जसमा फल्स सिजनमा बढी उत्पादन भएको दूधलाई धुलो दूध र बटर उत्पादन गरी स्टक गरी उक्त दुग्ध पदार्थलाई वैशाखदेखि भदौसम्मको सुक्खा सिजनमा प्रयोग गरी उपभोक्तालाई दूध तथा दुग्ध पदार्थको अभाव हुन नदिई बजारलाई निरन्तर आत्मनिर्भर भइरहेको अवस्थामा दुग्ध तथा दुग्धजन्य पदार्थको चोरी पैठारीले स्वदेशी डेरी क्षेत्रमा ठूलो बज्रपात हुने एसोसिएसनका लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?