पोर्ट्समाउथलाई हराउँदै टोटेनहम चौथो चरणमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टोटेनहम एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

शनिबार राति पोर्ट्समाउथलाई १-० गोल अन्तरले हराउँदै टोटेनहमले चौंथो चरणको यात्रा तय गरेको हो । टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे ।

उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । टोटेनहमका लागि केनको यो २६५ औं गोल हो ।

एफए कप अन्तर्गत नै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।

लेस्टर सिटीले गिलीङघमलाई १-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?