सन्दीपको बलिङ वरीयता खस्कियो

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहनुभएका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयता एक स्थान तल खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले अपडेट गरेको एकदिवसीय अन्तर्राष्ट्रियको नयाँ वरीयतामा सन्दीप लामिछाने ३१औँ स्थानमा रहनुभएको छ ।

बलिङतर्फ नै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले शीर्ष एक सयभित्र स्थान बनाउनुभएको छ । सोमपाल र दीपेन्द्र यसअघि एक सयभन्दा तल रहनुभएको थियो । सोमपाल ९२औँ र ऐरी ९४ औँ स्थानमा रहनुभएको छ ।

ब्याटिङतर्फ कप्तान रोहित पौडेल एक स्थान तल खस्किएर ६७ औँ स्थानमा पुग्नुभएको छ । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सयभित्र स्थान बनाउनुभएको छ । ज्ञानेन्द्र ८६औँ तथा आसिफ ९४औँ स्थानमा रहनुभएको छ । एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?