नबिल एसएसईअन्तर्गत फेलोसिपको आवेदन खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ । कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम् सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदनको अन्तिम दिन भदौ ३ गतेसम्म रहेको छ । सामाजिक उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य बोकेको कार्यक्रम छ महिनासम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ ।

तालिम अवधिभर तथा बाँकी छ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ । आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिन सुरु गरिएको फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलता तालिम प्राप्त गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?