शिक्षक अभिभावक संघमा महिला मात्रै

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला

उदयपुर । उदयपुरको एक विद्यालयमा महिलै महिला पदाधिकारी रहेको शिक्षक अभिभावक संघ गठन गरिएको छ । जिल्लाको उदयपुरगढी गउाँपालिका-६ स्थित माध्यामिक विद्यालय बोहोरीबोटको शिक्षक अभिभावक संघमा सबै महिला पदाधिकारी रहेको समिति गठन गरिएको हो ।

बुधबार आयोजित शिक्षक तथा अभिभावक भेलाले पदमकुमारी मगरको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा क्रमशः रेनुका बिक, सीता भुजेल, राधिका मगर, रुपा बोहोरा, तिलकुमारी चापागाई, भिमकुमारी मगर र बिमला खत्री चयन भएको प्रधानाध्यापक श्याम खत्रीले बताउनुभयाे ।

प्रअ खत्रीकाअनु्सार भेलाले सर्वसम्मत समिति गठन गरेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय शिक्षक अभिभावक संघमा महिला मात्रै पदाधिकारी रहेको यो पहिलो हो । संघमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको प्रअ खत्रीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?