सुनको मूल्य घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ । शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?