महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो : डा. आरजु राणा

महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको गुनासो

Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य  डा. आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो रहेको बताउनु भएको छ ।

शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उहाँले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको दावी गर्नुभयो । उहाँले कांग्रेसले देशको दूरगामी रणनीतिसहितको योजना ल्याउनुपर्नेमा त्यो प्रकारको नभएको बताउनु भयो ।

‘नेपाली कांग्रेस भनेको नेपाल देशको एजेन्डा सेट गर्ने पार्टी हो। देश कता जाने ? राजनीति कस्तो र समाज कस्तो हुने ? अर्थतन्त्र कस्तो हुने इतिहास हेर्ने हो भने कांग्रेसले नै सेट गरेको छ,’ उहाँले भन्नुभयाे, ‘यसपालि महामन्त्रीको प्रतिवेदन दुरगामी र देश हाँक्नेजस्तो केही कुरा पनि मैले देखिनँ। म अचम्मित पनि भएँ।’

बैठकको पहिलो दिन महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको कार्ययोजनाप्रति आरजुले प्रश्न उठाउनु भएको हो । राणाले पार्टीका मन्त्रीहरूबाट पनि अपेक्षित काम हुनु नसकेको टिप्पणी गर्नुभयो । घोषणापत्रलाई चुनावमा मात्र सीमित गर्न नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रा मन्त्रीहरू प्रिपिअर नै हुनुहुन्छ । सिक्दासिक्दै नबुझी मन्त्रालय गइसक्छ । पार्टीभित्र मन्त्रालयको लिंक हुनुपर्‍यो । घोषणापत्रसँग सरकाको नीति, काम नियम लिंक गर्नुपर्‍यो । चुनावसँग मात्र हो र घोषणापत्र रु अनिमात्र भोट बैंक बढ्छ ।’

उहाँले संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता राख्नुपर्ने बताउनु भयो । उहाँले नेतृत्व र पार्टीप्रति आलोचना गर्नाले पार्टीको भोट नबढ्ने बरु घट्नेसमेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?