विद्यालयस्तरीय त्रियोग चेस सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता हुनुभएको छ । प्रतियोगितामा ३५ विद्यालयका करिब दुई सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा आठ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको प्रमुख अतिथि नेपाल बुद्धीचाल संघका अध्यक्ष विदुर गौतमले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा आयोजक विद्यालयका बोर्ड अफ डाइरेक्टर अजित लामा तथा उपप्रधानाध्यापक सविता कपरुवानको पनि उपस्थिति थियो ।

दुई दिने प्रतियोगिताको पहिलो दिन सञ्चालित खेलमा छात्र ८ देखि १० कक्षाको समूहमा अल्पाइन एकेडेमीका प्रशान्त तामाङ, नितेन मेमोरियलका दीपक गोले, फ्लोरसुरेन्ट माविका जेसिक मैनाली तथा अरुणिमाका सजल न्यौपाने शीर्ष स्थानमा हुनुहुन्छ ।

छात्रातर्फ न्यू जेनिथकी तृषा शाही, नितेन मेमोरियलकी निरता परियार र पुष्पसदनकी सिवानी रिजाल शीर्ष स्थानमा हुनुहुन्छ । छात्र ६ देखि ७ कक्षा समूहमा पाठसालका ओस्कार पन्थी, पुस्पसदनका असिम मर्हजन, साइ निल्यम बोर्डिङ स्कुलका अजित पौडेल र आयोजक त्रियोगका सम्यम पाण्डे शीर्ष स्थानमा हुनुहुन्छ । छात्रातर्फ आयोजककी नोयल थापा र ग्रीन हिलकी एञ्जल मर्हजन शीर्ष स्थानमा हुनुहुन्छ ।

छात्रको ४ र ५ कक्षाको समूहमा आयोजकका आभाष रिमाल र लक्ष मोरको साथमा अन्नपूर्णका अविरल तामाङ र पुसपदिनका हार्दिक पन्त शीर्ष स्थानमा हुनुहुन्छ । छात्रातर्फ न्यू समिटकी नेहना श्रेष्ठ र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ शीर्ष स्थानमा हुनुहुन्छ । १ कक्षादेखि ३ कक्षा छात्र समूहमा माछापुच्छ«े स्कुलका सशस श्रेष्ठ र त्रियोगका प्रसुन मल्ल शीर्ष स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?