एशेजमा इंग्ल्याण्डको अग्रता

Read Time = 3 mins

लण्डन । इंग्ल्याण्डले प्रतिष्ठित एशेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाविरुद्ध ६७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा इंग्ल्याण्ड पहिलो इनिङमा ७२ ओभरमा ४ विकेट गुमाउँदै ३८४ रन बनाएको छ ।

इंग्ल्याण्डका ओपनर ज्याक क्रली १८२ बलमा २१ चौका र ३ छक्कासहित १८९ रनको सानदार पारी खेल्नुभयो । टेस्ट करिअरको यो उहाँको चौथो शतक हो । त्यस्तै जो रुट ९५ बलमा ८ चौका र १ छक्कासहित ८४, बेन डकेट १ र मोइन अली ५४ रनमा आउट हुनुभयो । त्यसबाहेक हृयारी ब्रुक १४ र बेन स्टोक्स २४ रनमा खेलिरहनुभएको छ ।

तेस्रो विकेटका लागि ज्याक क्रली र जो रुटले २०६ रनको दोहोरो शतकीय साझेदारी गर्नुभएको थियो । अष्ट्रेलियाका मिचेल स्टार्कले दुई, जोश हेजलवुड र क्यामरन ग्रीनले समान एक विकेट लिनुभयो । त्यसअघि म्यानचेस्टरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले पहिलो इनिङमा ३१७ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन र मिचेल मार्शले समान ५१ रन बनाउनुभयो ।

ओपनर डेविड वार्नरर ३२, उस्मान खवाजा ३, स्टिभ स्मिथ ४१, ट्रविस हेड ४८, क्यामरन ग्रीन १६ र एलेक्स केरी २० रनमा आउट हुनुभयो । मिचेल स्टार्क ९३ बलमा ६ चौकासहित ३६ रनमा अविजित रहनुभयो ।

इंग्ल्यान्डका क्रिस बोक्सले सर्वाधिक ५ विकेट लिनुभयो । स्टुअर्ट ब्रोडले दुई, जिमी एन्डरसन, मार्क वुड र मोइन अलीले समान एक विकेट लिनुभयो । पाँच टेष्ट खेलको सिरिजमा अष्ट्रेलिया २-१ ले अघि छ । अष्ट्रेलिया पहिलो र दोस्रो खेलमा २ विकेट र ४३ रनले विजयी भएको थियो । तेस्रो खेलमा इंग्ल्याण्ड ३ विकेटले विजयी भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?