‘ट्रान्जिट’ को मञ्चन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘ट्रान्जिट’को मञ्चन सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमितरूपमा यो नाटक मञ्चन सुरु भएको हो ।

नाटकको पहिलो शो बिहीबार सेलिब्रिटी, पत्रकारलगायतलाई देखाइएको थियो । घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन रहेको नाटक भदौ २ गतेसम्म चल्नेछ ।

अभिनेत्री शिल्पा मास्केले यसै नाटकमार्फत् रंगमञ्चमा डेब्यु गर्नुभएको छ । नाटकमा अभिनेता दिव्यदेवले शीर्ष पात्र मानवको भूमिकामा अभिनय गर्नुभएको छ । मायावीको भूमिकामा तीन अभिनेत्री शिल्पा मास्के, आकांक्षा कार्की र वासना तिमल्सिना हुनुहुन्छ भने जेलरका रूपमा मिल्सन राईले अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?