प्रहरी परिसरमा समन्वय प्रमुखको नेतृत्वमा बृक्षरोपण

Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय भोजपुरको परिसरमा बिभिन्न जातका बिरुवाहरु रोपण गरिएको छ ।

समन्वय प्रमुख राईले बिद्यालयसहित बिभिन्न निकायहरुमा बृक्षरोपण अभियान सुरुवात गर्नु भएको हाे । सोही अभियान अन्तर्गत प्रहरी कार्यालय परिसरमा पनि बृक्षरोपण गरिएको समन्वय प्रमुख राईले बताउनुभयो । बिकाससँगै फलफुललगायतका बिरुवाहरु पनि रोपन गर्दे लान सकियो भने फलफुलमा पनि आत्मनिर्भर हुन सकिने समन्वय प्रमुख राईको भनाई रहेको छ । प्रमुख राईले भन्नुभयो, “मेरो अभियान हौसला दिने पनि हो, यसले फलफुलको क्षेत्रमा अन्तनिर्भर बनाउन पनि मद्धत पुग्छ ।”अब यो क्रम अन्य स्थानहरूमा पनि निरन्तर संचालन गरिने छ ।

एभोकार्डो, रूद्राक्ष, अम्बा, सुन्तलालगायतका बिरुवाहरु प्रहरी कार्यालय परिसरमा रोपिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्री, प्रहरी कर्मचारीहरु, कर्मचारी, ब्यवसायी र पत्रकारको पनि बृक्षरोपणमा सहभागिता रहेको थियो ।

यता ४१ औ बिपी कोइराला स्मृति दिवसको अवसरमा सदरमुकाम नजिकै रहेको बिपी स्मृति भवन परिसरमा समेत बृक्षरोपण गरिएको छ । समन्वय प्रमुख राई, कांग्रेस उपसभापति डम्वर श्रेष्ठलगायतका कांग्रेस नेता, कार्यकर्ता, भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागितामा बृक्षरोपण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?