एनसेलले ल्यायो ग्राहकका लागि सुविधा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनसेलले ग्राहकका लागि कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रूपमा डेटा र एसएमएस सेवाको फाइदा लिँदै सधैँ कनेक्टेड रहने कम्वो प्याक ल्याएको छ । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याक ल्याएको हो ।

अफ नेट अर्थात् एनसेलबाहेक अन्य सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभदरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सकिनेछ । जसमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन दुई जिबी डेटा र चारसय वटा अल नेट एसएमएस सेवा नौसय ९८ रुपैयाँमै लिन सक्नेछन् ।

त्यसैगरी, अन नेट अर्थात् एनसेल नम्बरमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभदरमा कुराकानी गर्न प्रतिदिन एक जिबी डेटा, दुई सयवटा एसएमएससहित अननेट अनलिमिटेड सेवा सातसय ९८ रुपैयाँमै लिन सक्ने र दुवै कम्बो प्याकको समयावधि २८ दिनको हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?