टिभिएस एओजी राइड सम्पन्न

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टिभिएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले नयाँ राइड सम्पन्न गरेको छ । ४० राइडरको सहभागिता रहेको राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका ७ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्टसम्मको यात्रा गरेको थियो ।

युवाको बाइकिङप्रतिको प्रेमलाई एकै छानामुनि ल्याउनुका साथै राइडरबीचको भाइचारा बढाउन एओजी विगत एक वर्षदेखि लागिपरेको छ । राइडसँगै सामाजिक कार्यमा पनि सहयोग पुर्‍याउँदै आएको एओजीले यसपटक भने बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिएका १९ जना ज्येष्ठ नागरिकसँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण गरेको छ ।

पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ राइड सम्पन्न गरिसकेको जनाएको छ । सो अवसरमा टिभिएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर विक्रम बोहराको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?