यस्तो छ तपाईंको साउन ८ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन ८ गते सोमबार, ई.सं. २४ जुलाई, २०२३ । तिथि- श्रावण कृष्णपक्ष षष्ठी, ९ः१८ बजेपछि सप्तमी, नक्षत्र- हस्त, योग- शिव, करण- तैतिल, चन्द्रराशि- कन्या, सूर्योदय ५ः २३, सूर्यास्तः १८ः५६ ।

मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

वृष : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

मिथुन : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कर्कट : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

सिंह : आँटेको काम तत्काल बन्ने समय छ ।

कन्या : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

तुला : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

वृश्चिक : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

धनु : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मकर : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कुम्भ : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

मीन : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्‍याउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?