सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time = 1 min

झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका-१ बस्ने ५५ वर्षीय चित्र बहादुर पृथ्वीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७८ चैत १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ महिना कैद, २ हजार रूपैयाँ जरिवाना र २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?