ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । ट्याक्टर दुर्घटना हुँदा बर्दियामा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।

बर्दियाको ठाकुरबाबा नगरपालिका २ पुर्व पश्चिम राजमार्गमा विहिवार राति प २-०३-००१ त ४८९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक सोहि वार्ड पेरहनी गाउँका २६ वर्षिय मनबहादुर थारुको ज्यान गएको इलाकाप्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । साथै वार्ड न १ का योगेश थारुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

तिब्रगतिमा रहेको टयाक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?