प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोजपुरका औषधी पसलको अनुगमन

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा संचालनमा रहेका औषधी पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष, नागरिक समाज भोजपुरका संयोजक, गैह सरकारी संस्था महासंघका अध्यक्ष, घरेलु कार्यालय भोजपुरका प्रमुख लगायतको सहभागितामा अनुगमन भएको हो ।

औषधी पसल तथा निजी सिद्धकाली अस्पतालहरुको अनुगमन गरी औषधीको म्याद नाघे ननाघेको, दर्ता नविकरण, दक्ष स्वास्थ्यकर्मी लगायतका बिषयमा ब्यवसायीहरुलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, “नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधी पसलहरुको अवस्था बुझनका लागि अनुगमन गरिएको हो, दर्ता, नविकरण, मिति, दक्ष स्वास्थ्यकर्मी लगायतका बिषयहरु अनुगमन भएका छन ।” दुर्गम जिल्लामा संचालनमा रहेका पसलहरु भए पनि मापदण्ड पुगेको नै पाईएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले भोजपुरका ९ वटा औषधी पसलहरुको अनुगमन गरेको हो । औषधी बिक्री वितरतणको अवस्थासँगै कानुनी प्रक्रिया, दर्ता नविकरण, दर्ता प्राप्त स्वास्थ्यकर्मी लगायतको पनि अनुगमन गरिएको उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । अन्य जिल्लामा रहेका औषधी पसलहरुको सम्वन्धमा जति गुनासाहरु देखिन्थे, त्यस्तो अवस्था भोजपुरमा भने नदेखिएको अध्यक्ष मोक्तानको भनाई रहेको छ ।

औषधी पसलहरुमा बढी नै समस्या होला भनेर अनुगमन गरिएपनि भोजपुरमा भने सवैले दर्ता गरेर चलाएको र त्यस्तो समस्या नभेटिएको अनुगमनमा सहभागि स्वास्थ्य कार्यालयका प्रतिनिधी सुरेन्द्र बुढाथोकीले बताउनुभयो । बुढाथोकीले भन्नुभयो, “औषधी र औषधीजन्य वस्तुको सहीरूपमा उपभोगका साथै फार्मेसीबाट बिक्री वितरण हुने औषधीको गुणस्तरबारे जानकारी लिनका लागि बजार अनुगमन अघि बढाइएको हो ।”

स्वास्थ्य मन्त्रालयले पनि उपत्यका सहित देशभर रहेका औषधी पसलहरुको सोमवार एक साथ अनुगमन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?