श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजविराज । सप्तरीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका वडा नम्बर -२ अकबरपुर निवासी ३५ वर्षीय रामरूप खंगलाई पत्नी हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा रामरूप ले कुटपिट गरेपछि गम्भीर घाइते भएकी ३० वर्षीया पार्वतीको उपचारका क्रममा राजविराजस्थित अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । आइतबार राति भएको यो घट्नापछि प्रहरीले रामरूपलाई नियन्त्रणमा लिएको छ ।

रामरूपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् । उनको राजविराजमा उपचार भइरहेको छ ।

रामरूपले पत्नीलाई कुटपिट गरिरहँदा बचाउन गएकी उनकी आमा ६१ वर्षीया समतोलिया खंग घाइते भएकी छन् । उनको राजविराजमा उपचार भइरहेको छ । घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?