पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउने गरेको महामन्त्री थापाको गुनासो

Read Time = 2 mins

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गर्नुभएको छ । त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उहाँको भनाइ छ।

कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आवद्ध दलले गरेका निर्णय सञ्चारमाध्ययमबाट थाहा पाउनुपर्दा दुस्ख लागेको उहाँको भनाइ थियो।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भन्नुभयो, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन,सञ्चार माध्यमबाट खवर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नु पर्‍यो।’

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?