कालीमाटी तरकारी बजारमा धर्ना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले सोमबार कालीमाटी तरकारी बजार विकास समितिको कार्यालयअगाडि धर्ना दिएको छ । धर्ना कार्यक्रममा करिब तीन सयजनाको सहभागिता थियो ।

सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको बिनाप्रतिस्पर्धा पुरानै व्यापारीलाई बजारका सटर र स्टल पुनः नवीकरण गर्ने निर्णयविरुद्ध धर्ना दिएको हो । धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने सञ्जालले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?