जनमत पार्टीले बोलायो पूर्ण केन्द्रीय समिति बैठक

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरूलाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो ल्याउन भनिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?