सभापतिले जता इशारा गर्नुहुन्छ त्यतै बोल्ने काँग्रेस बैठक भारदारी सभाजस्तो : गुरुराज घिमिरे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताउनुभएको हो ।

उहाँले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताउनु भयो । उहाँले पार्टी केन्द्रिय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो,  ‘केन्द्रिय कार्यसमितिमा जति गम्भिरता हुनुपर्ने त्यति गम्भिरता मैले देखिनँ । केन्द्रिय कार्यसमितिको बैठक कता कता मलाई लाग्यो माफ गर्नुहोला । मलाई भारदारी सभाजस्तो लाग्यो । महाराजको इशारा जता छ, त्यतैतिर आवाजहरु आउँछन् । त्यतैतिर अभिव्यक्ति आउँछन् । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति भारदारी सभा होइन । पार्टी प्रमुखको इशारामा, जता पार्टी सभापतिले इशारा गर्नुहुन्छ, त्यतै बोल्ने मैले देखेँ । दुःख र कर्म फरक हो । दुःख र कर्मको भेद छुट्टयाउन जान्नुपर्छ । केन्द्रिय समितिका साथीहरुले दुःख र कर्मको भेद नै छुट्याउनुभएन । दुःख प-यो भनिदिनु भयो । कर्मका कारण राज्यको जिम्मेवारीमा गएको व्यक्ति आफ्नै कर्मका कारण मुद्दाको पात्र बन्छ भने त्यसलाई दुःख मानिदैन । त्यो कर्म हो । उहाँकै कर्मले हो । जतिपनि व्यक्तिहरु आज भ्रष्टाचारको प्रकरणले मुछिएका छन् भने अनुसन्धानबाट निष्पक्ष छानबिन भएर कारबाही हुने हो कि नहुने हो, एउटा टुंगो लागोस् ।’

उहाँले काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताउनु भयो । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गर्नुुभयो । दोषि भएमा खाँणलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?