वेस्टइण्डिजविरुद्धको टेस्ट सिरिज भारतले जित्यो

Read Time = 3 mins

लण्डन । वेस्टइण्डिजसँगको दुई खेलकोे टेस्ट सिरिज भारतले जितेको छ । वर्षाका कारण दोस्रो टेस्ट बराबरीमा सकिएपछि सिरिज भारतले १-० ले जितेको हो । दोस्रो टेस्टमा जितका लागि जितमा भारतले दिएको ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइण्डिज ७६-२ को अवस्थामा खेलिरहँदा वर्षाले रोकिएपछि खेल बराबरीमा सकिएको हो ।

त्यसअघि भारतले १८१-२ को अवस्थामा दोस्रो इनिङको समाप्ति घोषणा गर्दै वेस्टइण्डिजलाई ३६५ रनको लक्ष्य दिएको हो । जसमा भारतका युवा विकेटकिपर इशान किशन ३४ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहनुभयो । यस्तै, रोहित शर्मा ४४ बलमा ५ चौका र ३ छक्कासहित ५७, यशस्वी जैसवाल ३८ र शुभमन गिल २९ रनमा आउट हुनुभयो ।

वेस्टइण्डिज पहिलो इनिङमा २७५ रनमा अल आउट भएको थियो । त्यसक्रममा ओपनर क्रेग ब्रेथवेट ७५, तेजनारायण चन्द्रपाउल ३३, किर्क म्याककिन्जे ३२ र एलिक एथानाजले ३७ रन बनाउनुभयो । भारतका तीव्रगतिका बलर मोहम्मद शिराजले पाँच तथा मुकेशकुमार र रविन्द्र जडेजाले समान २ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत दोस्रो दिन ४३८ रनमा अल आउट भएको थियो । भारतको जितमा विराट कोहलीले २०६ बलमा ११ चौकासहित १२१ रनको शतकीय इनिङ खेल्नुभएको थियो । यस्तै, यशस्वी जैसवालले ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रन बनाउनुभएको थियो ।

वेस्टइण्डिजका केमार रोच र जोमेल वारिकनले समान तीन विकेट लिनुभयो । पहिलो खेलमा भारत १४१ रनको इनिङ अन्तरले विजयी भएको थियो । भारत र वेस्टइण्डिजबीच अब एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच टी-२० अन्तर्राष्ट्रिय खेलहरू हुनेछन् । पहिलो ओडिआई खेल २७ जुलाईमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?