यूएईलाई ९ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गर्याे । योसँगै नेपाल  जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएसँगै खेल रोकियो र डकवर्थ लुईसका आधारमा नेपाल ९ रनले विजयी घोषणा गरिएको हो ।

डिएलएमा ९ रनले हुनुपर्नेमा यस अघि अन्यथा भएकोमा सुधार गरेका छौं । सं.

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?